असोज २०,सिराहा । बलात्कार आरोपमा पक्राउ परी पूर्पक्षका लागि सिराहा कारागारको थुनामा रहेका सिराहाकै बरियारपट्टी गाउँपालिका-४ का २३ वर्षीय शिवकुमार साहलाई रिहा गराइदिने नाममा ठगी गर्ने व्यक्ति समातिएका छन् । प्रहरीका अनुसार साहलाई रिहा गराइदिने नाममा शिवका भाई मुकेशसँग रु ३५ हजार लिने अर्नामा गाउँपालिकाका मोहम्द जाबीरलाई पक्राउ गरिएको छ । सिराहा प्रहरीका प्रबक्ता शालिग्राम पौडेलले ३० बर्षीय जाबिरले आफू नेपाल प्रहरीको डीएसपी हुँ र मुद्दा फाँटमा काम गरिरहेकोले बलात्कार आरोपीलाई छुटाइदिने आश्वासन दिएर रकम लिएको पाइएको छ ।
जाबिरलाई गत असोज १८ गते नियन्त्रणमा लिई ठगी शिर्षकमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।