असोज २० ,धनुषा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन, धनुषा जिल्लाका कमिटिले आज मंगलबार नेकपा प्रदेश न.२ कार्यालय सरसफाई कार्यक्रम सम्पन्न गरेका छन।
प्रदेश न.२ नेकपा पार्टी कार्यलय क्षेत्र र क्षेत्रको वरिपरि मा अनेरास्ववियू धनुषा कमिटीले फोहोर संकलन गरेको हो । ‘आफ्नो ठाउँ आफैं बनाऊँ’ भन्ने उद्देश्यका साथ आयोजित सरसफाईमा अखिल सम्बद्ध विद्यार्थीहरुको सहभागिता रहेको थियो । सुन्दर नगरी जनकपुरलाई सधैं सफा राख्नुपर्छ भन्ने सन्देश दिनका लागि कार्यक्रम संचालन गरिएको संयोजक आर. पि. अधिकारी र सह- संयोजक शिव झा ले जनाएका हुन । साथै कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी धनुषाका सम्पुर्ण सदस्य लगायतको उपस्थिति रहेको थियो ।