• २०८१ मङ्सिर २२ गते शनिवार

सशस्त्र प्रहरी बलका विभिन्न ईकाइहरुमा प्राथमिक मनोवैज्ञानिक सहयोग पीएफए तालिम संचालन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज २०, काठमाडौं। सशस्त्र प्रहरी बलका विभिन्न ईकाइहरुमा प्राथमिक मनोवैज्ञानिक सहयोग पीएफए तालिम संचालन भएको छ । कोभिड–१९ विश्वव्यापी महामारीको समयमा व्यक्तिको आत्मविश्वास तथा मानसिक स्वास्थ्यलाई ध्यानमा राखी सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी बल नेपालका विभिन्न ईकाइहरुमा असोज १८ गतेदेखि प्राथमिक मनोवैज्ञानिक सहयोग पीएफए तालिम संचालन गरेको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार विपद् प्रकोप तथा महामारी जस्ता घटनाहरुबाट प्रभावित व्यक्ति तथा समुहलाई कोभिड–१९ महामारीबारेको वास्तविकता तथा भ्रमहरु र त्यसबाट आफु र अरुलाई कसरी सुरक्षित राख्ने, मानसिक स्वास्थ्य के हो र यसको हेरचाह गर्ने उपाय, तनाव व्यवस्थापन, प्रभावितमा देखिने लक्षणहरु तथा त्यसले निम्त्याउन सक्ने समस्या र उनीहरुको मानसिक स्वास्थ्यमा देखा पर्नसक्ने असरहरुको समाधान सम्बन्धमा तत्कालै मनोवैज्ञानिक प्राथमिक सहयोग प्रदान गर्ने सम्बन्धमा यथेस्त प्रशिक्षण गर्ने सोचकासाथ सशस्त्र प्रहरी बल, नेपालका कमाण्डर तहका अधिकृतहरुलाई प्रशिक्षित गरिएको हो । उनीहरुले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत आवश्यक प्रशिक्षण प्रदान गर्नेछन् ।

एपीएफ अस्पतालका चिकित्सक तथा सशस्त्र प्रहरी बल, नेपालका मनोपरामर्शकर्ता सहितको प्रशिक्षक टोलीले असोज १८ र १९ गते सशस्त्र प्रहरी बल, नेपाल पाथिभरा जवान तालिम शिक्षालय झापा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४० रिजर्भ गण पिलुवा बारा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की र सशस्त्र प्रहरी बल, नेपाल जवान तालिम शिक्षालय नौवस्ता बाँकेमा गरी कुल १ सय २० जना राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरेको छ ।

यसैगरी सोही टोलीले असोज २० र २१ गते सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुर, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ बाहिनी मुख्यालय सुर्खेत मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिने छ ।

यसैगरी यही असोज २२ र २३ गते राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ, सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिने कार्यक्रम रहेको छ ।

त्यसैगरी असोज २५ र २६ गते राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ, सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्न मस्ता बाहिनी मुख्यालय महोत्तरी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहतका गरी करीव ५ सय जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस