• २०८२ जेष्ठ ३ गते शुक्रवार

धरानमा एक महिलाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१, धरान । कोरोनाभाइरस संक्रमणबाट झापाकी एक ४५ वर्षीया महिलाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना विशेष अस्पतालमा उपचाररत झापाको कन्काइ–३ की ती महिलाको आइतबार बिहान मृत्यु भएको हो । मृतक मधुमेहको रोगी समेत भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।


उनमा दुई दिनदेखि ज्वरो, स्वासप्रश्वासमा कठिन हुनकाु साथै निमोनिया समेत देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस