भदौ २१, काठमाडौँ । पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ३७८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७० लाख ६१ हजार ३२६ पुगेको हो । यस्तै एकै दिन थप ४ हजार ८२२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ८३ हजार ७०७ पुगेको छ ।
एकै दिन २ लाख १९ हजार ५०४ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट २ करोड ७० लाखभन्दा बढी मानिसमा संक्रमित बनेका छन् ।