• २०८१ भाद्र २५ गते मङ्गलवार

चितवनमा कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजको आइसियूमा राखेर उपचार भइरहेको भरतपुर महानगरपालिका–१५ को ७० वर्षका पुरुषको आज बिहान ८ बजे मृत्यु भएको हो ।

उनमा श्वासप्रश्वासमा साथै मिर्गौलाको समस्याबाट पीडित भएकाले डाइलायसिस पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस