श्रावण २२, काठमाडौँ । थप ३६० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २१ हजार ७सय ५० जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमका अनुसार आज काठमाडौँमा ७६, पर्सामा ४२ जना, कपिवस्तुमा ३२ जना, मोरङ र धनुषामा २४र२४ जना, कैलालीमा २१ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै सुनसरीमा १९, इलाममा १५, बारामा १४, ललितपुरमा १०, सर्लाहीमा ९, झापामा ८, अछाममा ७, गोरखामा ६, प्युठानमा ५, मकवानपुर, रुपन्देहीमा ४ ४ जना संक्रमित भेटिएका छन् ।महोत्तरी, काभ्रे, दाङ, बझाङ र बाजुरामा ३/३ जना, भोजपुर, सिरहा, रौतहट, कञ्चनपुर, डोटीमा २र२ जना, भक्तपुर, दोलखा, चितवन, नुवाकोट, रामेछाप, उदयपुर, गुल्मी, पर्वत, कास्की, दैलेख, सुर्खेत, जुम्ला, मुगु, बैतडीमा १/१ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज २३३ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १५ हजार ३ सय ८९ जना रहेको छ भने मृत्यु हुनेको संख्या ६५ जना पुगेको छ ।