श्रावण २२, काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा थप एकजनाको मृत्यु भएको छ ।ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका १० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।
दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो । आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।