साउन २२, एजेन्सी। चीनले १२ प्रजातन्त्र समर्थित १२ उमेदवारलाई प्रतिबन्ध लगाइएको छ । आगामी नोभेम्बरमा हुने निर्वाचनका लागि एक शक्तिशाली युवा उमेदवरा जोसु वङलाई पनि प्रतिबन्ध लगाइएको छ । वङका अनुसार उनी सन् २०१४ को अम्ब्रेला प्रोटेस्टका पनि आन्दोलनकारी हुन् । नयाँ राष्ट्रिय सुरक्षा कानुनको विरुद्ध भएको भन्दै उनको उमेवारी खारेज गरिएको छ ।
उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, मलाई हङकङको लेगको निर्वाचनमा अयोग्य ठहर गरिएको छ । उनले राष्ट्रिय सुरक्षा कानुनलाई देखाएर मेरो उमेदवारी खारेज गरेका छन् । म यस्तो कानुनको विरुद्धमा छु । चीन सरकारले यदि कुनै व्यक्ति हङकङको स्वतन्त्रताका लागि कुनै आन्दोलनमा सहभागी भएको र वकालत गर्छ भने त्यस्तो व्यक्ति चुनावको उमेद्वारका लागि योग्य नहुने जनाएको छ ।
हङकङको संसदीय निर्वाचनमा ७० सिटमध्ये ३५ सिट प्रत्यक्ष निर्वाचित हुने गरेका छन् ।