साउन २२,नयाँ दिल्ली । लद्दाखमा भारतलाई चेतावनी दिन सीमामा पूर्ण तयारी अवस्थामा रहेको छ । भारत र चीनबीचको विवाद अहिले पनि पूर्ण रुपमा समाधान हुन सकेको छैन गत आइतबार दुबै पक्षका बीचमा कमान्डर स्तरीय छलफल भए पनि सीमा सम्बन्धी विवाद निष्कर्षमा पुग्न सकेको छैन । ‘दैनिक हिन्दुस्तान’ मा प्रकाशित समाचारअनुसार लद्दाख सीमामा चीनले १७ हजार सैनिक तैनाथ गरेको छ । अखबारका अनुसार चीनले ‘दौलत बेग ओल्डी’ र ‘देपसाङ’ मा १७ हजार सैनिक तैनाथ गरेको हो ।
त्यस्तै भारतले पनि टी–९० ट्यांकसहित सैनिक बलको तैनथी बढाएको छ । अखबारले सरकारी स्रोतलाई उद्धृत गर्दै भारतका तर्फबाट ‘काराकोरम’ नजिक पेट्रोलिङ प्वाइन्ट–१ देखि ‘देपसाङ’ मैदानसम्म सेना तैनाथ गरिएको छ । स्रोतका अनुसार चीनले सेना तैनाथ गरेका कारण पेट्रोलिङ प्वाइन्ट–१० देखि पेट्रोलिङ प्वाइन्ट–१३ सम्म सेनाको गस्ती रोकिएको छ ।