• २०८१ पुष २९ गते सोमवार

चीनविरुद्ध भारतलाई अत्यधिक समर्थन गर्छन् अमेरिकी नागरिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, एजेन्सी । अमेरिकी नागरिकले चिनविरुद्ध भारतलाई अत्यधिक समर्थन गर्ने गरेको एक सर्वेक्षणले देखाएको छ । अमेरिकी नागरिकहरुले अमेरिकी सरकारलाई इन्डो-चाइना सैन्य र आर्थिक द्वन्द्वमा भारतलाई सहयोग गर्न आग्रह गरेका छन् । अस्ट्रेलियाको थिंक ट्यांकले गरेको उक्त सर्वेक्षण दी इन्टरप्रेटरमा प्रकाशन गरिएको छ । लोयी इन्स्टिच्युटले अमेरिकी नागरिकको धारणा बुझ्न गरेको सर्वेक्षणमा सहभागी अधिक नागरिकले भारतको पक्षमा मत जाहेर गरेका छन् ।

सम्भावित सैन्य र आर्थिक द्वन्द्व भएमा अमेरिका भारत चीनमध्ये कसको पक्षमा भन्ने सर्वेक्षणमा एक हजार १२ अमेरिकी नागरिक सहभागी भएका थिए । उक्त सर्वेक्षणको नतिजा अनुसार ६३ दशमलव ६ प्रतिशत नागरिकले अमेरिकाको पक्षम र ३२ दशमलव भारतको पक्षमा मत दिएका छन् । त्यसैगरी चीनको पक्षमा ३ दशमलव ८ प्रतिशतले मत दिएका छन् ।

संयुक्त राज्य अमेरिका सरकारले पनि लाइन अफ एक्चुअल कन्ट्रोलमा भएको उक्त भारत चीन हिंसात्मक झडपमा चीनलाई आरोपित गर्दै भारतलाई समर्थन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस