• २०८२ जेष्ठ १ गते बुधवार

चीनविरुद्ध क्यानडामा भारत, तिब्बत, भियतनाम र ताइवानी समूहद्वारा प्रदर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, एजेन्सी। चिनियाँ दमनको विरुद्धमा उभिन माग गर्दै भारत, तिब्बत, भियतनाम र ताइवानी समूहले क्यानडाको टोरन्टोमा प्रदरश्न गरेका छन् । क्यानडा(हङकङ लिंक, बंगलादेश अल्पसंख्यक अधिकार समूह, भारतीय, तीब्बली, भियतानी र ताइवानी समूहले मिलेर संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले भारत, अमेरिका र तिब्बतको झण्डा समातेको देखिएको थियो । उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको समर्थनमा नाराहरुसमेत लगाएका थिए । एकजना प्रदरश्नकारीले नारा लगाउँदै भनेका थिए, उइगरमाथिको श्रम शोषण बन्द गरु । अर्कोले भनेका थिए, प्रजातन्त्रका लागि लडाइँ, पृथ्वीमा भारत नै सबैभन्दा ठूलो प्रजातान्तिक मुलुक हो ।

चीनले हङकङका लागि नयाँ सुरक्षा कानुन जारी गरेसँगै अन्तर्राष्ट्रियस्तरमा चर्को विरोध भइरहेको छ । त्यसमाथि सिन्जियाङका अल्पसंख्यकमाथिको दमनले चीनलाई थप अधिनायकवादतर्फ धकेलेको छ । यसविरुद्ध सिंगो चीनमाथि अन्तर्राष्ट्रिय समुदायले मानवअधिकारको चरम उल्लंघन गरेको आरोप लगाइएको छ । यसअघि विश्वभरका चिनियाँ कूटनीतिक नियोगहरुमा चीनविरुद्ध प्रदर्शनहरु भएका थिए ।

प्रतिक्रिया दिनुहोस