• २०८१ माघ ११ गते शुक्रवार

काश्‍मीरमा संरचना विकासले अंगुर खेतीमा वृद्धि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, एजेन्सी। केन्द्र सरकारले काश्मीरको कृषि क्षेत्र प्रबर्धनका लागि विभिन्‍न योजनाहरु सार्वजनिक गरेको छ । जसका कारण काश्‍मीरमा कृषि क्षेत्रको विकासमा उल्लेख्य वृद्धि भइरहेको छ । काश्‍मीरको गान्दरेवल जिल्लाका अंगुर कृषकहरुले पनि विभिन्‍न अनुदान तथा योजनाबाट लाभान्वित भएका छन् । यसले अंगुर खेती प्रबर्द्धन हुनुका साथै उत्पादनमा समेत वृद्धि भइरहेको छ ।

गान्दरेवल जिल्ला अंगुर खेतीका लागि प्रख्यात क्षेत्र मानिन्छ । तर, केही वर्षदेखि अंगुर खेती घट्दै आएको थियो । जब जम्मु काश्‍मीर केन्द्रको शासनमा आए त्यसपछि केन्द्र सरकारले विभिन्‍न योजनाहरु सार्वजनिक गरेपछि एक वर्षयता अंगुर उत्पादनमा व्यापक वृद्धि भएको छ ।

फ्लोरिकल्चर विभाग स्थापना गरी तरकारी र फलफूल खेतीका लागि सहुलियत ऋण र अनुदान, नयाँ बिउ, पोली हाउसहरु निर्माण गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस