• २०८१ माघ ११ गते शुक्रवार

जम्मु काश्‍मीर  खेलप्रमीका लागि वाकुरामा नयाँ रंगशाला निर्माण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २२, एजेन्सी।  खेलप्रेमी युवाहरुलाई सही दिशामा डोर्‍याउनका लागि जम्मु काश्‍मीरको गान्दरेबल जिल्लाको वाकुरमा अत्याधुनि सुविधासहितको रंगशाला निर्माण गरिएको छ । ब्लक विकास काउन्सिलका प्रमुख गुलाम मोद मलिकले भने, यस क्षेत्रमा खेल गतिविधिको प्रबर्द्धनका लागि वाकुरा रंगशालाले महत्वपूर्ण भूमिका खेल्ने भएको छ । जिल्लामा रहेका अवसर नपाएका तर खेल प्रतिभा भएकाहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् ।

उनले थपे, ूयस ब्लकको प्रमुख भएको म आठ महिना भएको छ । मलाई के महसुस भएको छ भने यस क्षेत्रका युवाहरु खेल क्षेत्रमा निकै राम्रा छन् । उनीहरुलाई राम्रो खेलमैदानको आवश्यकता छ । त्यो खेलमैदान १३। २४ लाखमा निर्माण भइरहेको छ । रंगशाला निमार्णमा सकारात्मक विकास भइरहेको छ । जम्मु काश्‍मीर केन्द्र शासित राज्य भएपछि अहिलेसम्म उपयुक्त तवरमा खेल क्षेत्रको विकासका लागि रकम निकासा भइरहेको छ ।

गत वर्ष ५ अगस्तमा जम्मु काश्‍मीररका लागि भनिएको संविधानको धारा ३७० खारेज गरेपछि जम्मु काश्‍मीरमा व्यापक विकासका कामहरु भइरहेका छन् । उक्त खेल मैदान निर्माणको विषयलाई लिएर स्थानीय खेलाडीहरु पनि निकै खुसी भएका छन् । एक स्थानीय खेलाडीले भने, सरकारले धेरै राम्रो काम गरिरहेको छ । रंगशाला निमार्णको काम तीव्ररुपमा अघि बढिरहेको छ । अधिकारीहरुले सुविधा बढाउने प्रतिबद्धता व्यक्त गरिर्नु भएको छ । यो निकै चाँडै सम्मपन्‍न हुनेछ ।अर्का एक खेलाडीले भने, यो निकै ठूलो प्रयास हो । हामीसँगै निकै ठूलो खेलमैदान हुनेछ । सरकारले यहाँ सुविधा विस्तार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस