श्रावण २२, काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइससबाट थप ५ जनाका मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनसार सर्लाहीमा १, मोरङमा २, धनुषामा १, सप्तरीमा १ जना गरी ५ जनाको मृत्यु भएको हो । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।