• २०८१ माघ ११ गते शुक्रवार

दाङमा युवाहरु राष्ट्रिय जनमोर्चामा प्रबेश

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, दाङ । घोराही उपमहानगरपालिका को विभिन्न वाडाका युबाहरु राष्ट्रिय जनमोर्चामा प्रबेश गरेका छ्न । अखिल नेपाल युबक संघ घोराही उपमहानगरपालिका ले एक कार्यक्रमको आयोजना गरि युबाहरुलाइ प्रबेश गराएको हो । नगर अध्यक्ष डोर बहादुर के सीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले रातो अबिर लगाइ युवाहरुलार्इ प्रवेश गराउनु भएको थियोे । प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष आचार्यले युवाहरुको काधमा समाज रुपान्तरण गर्ने जिम्मेवारी भएकोले सधै पार्टीहरुको भोट बैंक र सत्ता प्राप्तिको भर्‍याङ होइन आफै सचेत र जिम्मेवार भएर लाग्नु पर्ने कुरा बताउनु भयो । प्रवेश गर्नेहरुमा सुमन घर्तीको नेतृत्वमा गोबिन्द जि सि, विशाल गाहा, अरुण गुरुङ, प्रदिप घर्ती खनाल, तिलक घर्ती, कुसल के सी , अर्जुन खत्री, रक्तबिज घर्ती, चित्र सिंह पुन, माधब घर्ती, दिल कुमार दसौदी, जीवन बिस्ट, अर्जुन थापा, टोपेन्द्र आग्री लगायत रहनु भएको छ ।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला सचीव तुल्सिराम पन्थीले मन्तव्य राख्नु भएको थियोे । यस्तै अखिल नेपाल युवक संघ जिल्ला सदस्य दिपक रोका, घोराही नगर कोषाध्यक्ष दिपक के सी लगायतको उपस्थित रहेको थियोे भने कार्यक्रमको सहजीकरण जिल्ला कोषाध्यक्ष श्रीराम भट्टराईले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस