• २०८१ माघ ८ गते मङ्गलवार

दार्चुलामा आमाको हत्या आशंकामा छोरा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २२ ,दार्चुला। दार्चुलामा आमाको हत्या आशंकामा छोरा पक्राउ परेका छन्। जिल्लाको दुहुँ गाउँपालिका ३ ब्रहम्देवका ८० वर्षीया नारुदेवी बमको हत्या आशंकामा ५३ वर्षीय छोरा नरबहादुर बम पक्राउ परेका हुन।घरबाट आमालाई नुहाउन लग्छु भन्दै चौपाती भन्ने ठाउँमा हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आमाको घाटी च्यापेर हत्या गरेको आशंका गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी पदमबहादुर विष्टले बताए। ‘छोराको मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिने उनले बताए ।

घट्ना लगत्तै ब्रह्मदेव प्रहरी चौकीले बमलाई नियन्त्रणमा लिएको समेत उनले जानकारी दिए ।घटना सम्बन्धी छानबिन भइरहेको र बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ।

प्रतिक्रिया दिनुहोस