• २०८१ माघ ११ गते शुक्रवार

खोलाले बगाएर १ जना बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २२ , ओखलढुङगा । ओखलढुङगाको चम्पादेवी गाउँपालिका १० का ३६ बर्षीय रोहित ढुङगेल लिखु खोलाले बगाएर बेपत्ता भएका छन् ।

बुधवार दिउँसो १ बजेको समयमा गाई किनेर लिखु खोलाको किनाराको बाटो हुँदै फर्कदै गरेका बाबु छोरा मध्ये छोरा रोहित अचानक चिप्लेर खोलामा खस्दा खोलाले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता भएको उनीको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस