श्रावण २२ , भक्तपुर । भक्तपुरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको मुख्य क्षेत्रको रुपमा रहेको केदारनाथको शिर डोलेश्वर मन्दिर रहेको छ ।
सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा रहेको डोलेश्वर मन्दिरको गुरु योजना अनुसार काम सम्पन्न गर्न स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ९सांसद कोष० र नागरपालिकाको साझेदारीमा रु २ करोड विनियोजित गरिएको छ । सो रकम मध्य ८० लाख मन्दिरको छाना लगाएतको काठ लगाउनको लागि उपभोक्ता समिति मार्फत काम गरिएकोमा रु ५५ लाखमा काम सम्पन्न भएको छ । जसमा २५ लाखको काम निरन्तर रुपमा भइरहेको छ ।
बाकीँ रु १ करोड २० लाखको ठेक्का प्रक्रिया बाट ढुङ्गा छाप्ने, तेले ईटा छाप्ने, मन्दिर भित्रको भित्तामा कट्टा स्टोन छाप्ने, काठका थामहरु राख्ने, पाटीका छानाहरुमा झिगटी लगाउने लगायतका कामहरु तिब्र गतिमा भईरहेका छन् । यो भन्दा अगाडी ब्यबसायी तथा समाज्सेवी कृष्ण गोपाल श्रेष्ठले २ करोड रकम राखेर र मन्दिर संरक्षण समितीले विभिन्न निकाय महायज्ञ, श्रावणीमेला लगाएर र विभिन्न दाता खोजेर काम तीब्र गतेमा गरेको थियो ।
सूर्यविनायक नपा वार्ड नं ८ का अध्यक्ष किरण थापाले बाँकी रहेको काम सम्पन्न गर्न सांसद महेश बस्नेत, मेयर बासुदेब थापा साथै व्यवसायी तथा समाजसेवी कृष्ण भक्त श्रेष्ठ र पदम बहादुर पौडेल लगायत विभिन्न दाताहरुले गर्नुभएको सहयोगको कारण निर्माणका कार्य तिब्र गतिमा अगाडी बडेको कुरा बताए ।
यसमा संरक्षण समितिले महत्त्वपूर्ण सहयोग र सकृयता देखाएको छ । यो निर्माण सम्पन्न भइसकेपछि भक्तपुरमा धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकास र विस्तार मात्र नभई पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिएको छ । वार्षिक लाखौं भक्तजनहरुको घुईचो लाग्ने उक्त मन्दिरले गर्दा पर्यटकीय क्षेत्रको समेत प्रचुर सम्भावना बोकेको छ । भक्तपुरकै धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको छ । उक्त मन्दिर तथा आरपासका क्षेत्रहरु भक्तजन तथा पर्यटकबाट प्राप्त रकमले त्यहाँको विकास मात्र नभई समग्र भक्तपुरको आर्थिक वृद्धिदरको मेरुदण्डको रुपमा समेत रहेको छ ।
यो एतिहासिक काममा सहयोग गर्ने यस क्षेत्रका सांसद महेश बस्नेत, सूर्यविनायक नगर प्रमुख बासुदेब थापा, वार्ड नं ८ का अध्यक्ष किरण थापा, समाजसेवी पदम पौडेल र संरक्षण समितिका अध्यक्ष लगाएतको पहल र योगदान स्मरणीय छ । तर बिगतमा गरिएका असंख्य काममा गरिएको खर्च अपादर्सी भएको भन्दै अख्तियार र जिल्ला प्रसाशन कार्यालयमा उजुरी परेकोले समितिका सचिव, पूर्वकोषाध्यक्ष बिश्वराम थापा समेतलाई कार्बाहीको माग गरि निवेदन परेकोले तत निकायबाट छानबिन भईरहेको कुरा बुजिन आएको छ । यस्तो पबित्र स्थललाई पारदर्शी र भ्रष्टाचार मुक्त बनाउन नेपाल सरकारले समयमै उचित कदम चाल्नु उपयुक्त हुनेछ भनेर स्थानीय बुद्धिजीवीले बताउन थालेका छन् ।