श्रावण २२ , काठमाडौँ । नोवेल कोरोना कोभिड १९ भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या १ करोड २१ लाख ६३ हजार ७५३ जना उपचारपछि घर फर्किएका छन् ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ८९ लाख ७५ हजार २३३ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ७ लाख ११ हजार २२० जनाको मृत्यु भएको छ ।
हालसम्ममा अमेरिकामा २५ लाख ४० हजार १३७ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा २० लाख २० हजार ६३७ जना, भारतमा १३ लाख २७ हजार २००, रसियामा ६ लाख ६९ हजार २६ र दक्षिण अफ्रिकामा ३ लाख ७७ हजार २६६ जना उपचारपछि घर फर्किएका छन् ।
हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ४९ लाख ७३ हजार ५६८ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा २८ लाख ६२ हजार ७६१ जना, भारतमा १९ लाख ६३ हजार २३९ जना, रसियामा ८ लाख ६६ हजार ६२७ जना र दक्षिण अफ्रिकामा ५ लाख २९ हजार ८७७ जनामा संक्रमण देखिएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ६१ हजार ६०१ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ९७ हजार ४१८ जना, मेक्सिकोमा ४९ हजार ६९८, बेलायतमा ४६ हजार ३६४ जना र भारतमा ४० हजार ७३९ जनाको मृत्यु भएको छ ।
चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।
त्यस्तै नेपालमा संक्रमितको संख्या २१ हजार ३ सय ९० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या १५ हजार १ सय ५६ जना रहेको छ भने मृत्यु हुनेको संख्या ६० जना पुगेको छ ।