• २०८१ असार ९ गते शनिवार

श्रीमानबाट पिडित इटहरीकी एक महिला, भन्छिन्, ‘मेरो खुशी नै खोसियो’

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

साउन २२, काठमाडौं । इटहरी २ की एक युवतीले ४ बर्ष अगाडि रामधुनीका आशिष प्याकुरेलसँग घरपरिवारकै सल्लाहमा प्रेम विवाह गरिन् । विवाह गरेको डेढ बर्षपछि उनि गर्भवती भइन । तर जब गर्भवती भइन त्यसपछि भने श्रीमान आशिषले उनीमाथि घरेलु हिंसा सुरु गरे पिडित महिलाको भनाइ छ। ‘विहे गरेको डेढ बर्षपछि गर्भवती भए नियमित जाँच को लागि हस्पिटल लैजानु त कता हो कता उल्टो मैले नाटक गरेको भनेर भन्दै आफ्नो दायित्वबाट पन्छिने प्रयास गरेको र पटक पटक आग्रह गर्दा पनि श्रीमानले आफ्नो अवस्था प्रती वास्ता नगरे पछि माईतको दाईलाई बोलाएर नै हस्पिटल जाने आउँने गरेको पिडित महिलाको भनाइ छ । आफूहरु त्यो समयमा काठमाडौँमा बस्ने गरेको र श्रीमानले भने आफू अफिसकै काममा ब्यस्त रहेको भन्दै पन्छिने गर्न थालेको बताउछिन पिडित महिला । उनले आफ्ना श्रीमान आशिष भने इन्स्युरेन्सको काममा व्यस्त रहने गरेको र आफ्नो वास्ता पनि नगरेका कारण आफू समस्यामा रहेको उनले सुनाईन् ।

वैशाखमा बच्चा खेर गएपछि आँफू केही समयपछि घर गएको र पुनः असारमा गर्भवती भएको बताउँदै उनले भनिन्, ‘पहिलो बच्चा खेर गयो, श्रीमानले पनि वास्ता गर्नुभएन, अब त राम्रो हुन्छ भन्ने सोचेको थिएँ, मेरो जिन्दगीमा त त्यसपछि झनै खुशी खोसियो ।’ उनले आफ्ना श्रीमान अन्य केटीहरुसँग पनि शारीरिक सम्बन्धमा रहेको थाहा पाएपछि घरमा झगडा हुने गरेको सुनाउँदै श्रीमानको चर्को दबाबमा अर्को बच्चा एबोर्सन गर्न लगाएको भन्दै पिडापोख्छिन पिडित महिला। पुन गर्भवती भएको थाहा पाएपछि एबोर्सन गर् भनेर भन्नुभयो मैले मेरो खुशी भर्खरै गुमको छ फेरि खुशी गुमाउँन चाहँदिन भन्दा जबरजस्ती गर्भ तुहिनेऔषधी सेवन गर्न लगाएको पिडित महिला बताउछिन । आँफूले बच्चालाई जन्मदिने बताउँदा–बताउँदै पनि श्रीमानले जबरजस्ती रुपमा औषधी सेवन गराएर एबोर्सन गर्न लगाएको उनले बताईन् । । श्रीमतीले किचकिच गरी म सँगै बस्न सक्दिन भनेर म बिरुद्ध सम्बन्ध बिच्छेदको मुद्धा दायर गर्नुभएछ ।

आफुबमाथि घरेलु हिंसा भएको र अहिले आफ्नो फेसबुक ह्याक गरेर नराम्रो म्यासेज र फोटो पोष्ट गर्ने गरेको पनि पाएकी छु । उनले आफू अन्यायमा परेकाले न्यायका लागि आफ्नो श्रीमानको बिरुद्द सन्चार माध्यममा आउन बाध्य भएको उनको भनाइ छ । गत मंसिर १ गते काठमाडौँ जिल्ला अदालतमा श्रीमान आशिष प्याकुरेलले सम्बन्ध बिच्छेदको मुद्धा दायर गरेको भएपनि दाबी नपुगेका कारण मुद्धा खारेज भएको थियो । माननीय न्यायधीश नवराज दाहालको इजलाशले मुद्धाका लागि दाबी नपुगेकाले उक्त मुद्धा गत फागुन २८ गते खारेज गरेको थियो । मुद्धा खारेज भएपनि आफू पुनः सम्बन्धमै रहने झिनो आश बोकेकी ती युवती अहिले भने नैराश्यतामा डुबेकी छिन् । केही दिन अघि मात्रै जिल्ला प्रशाशन कार्यालय सुनसरीमा मिलापत्र गरेको भएपनि अहिले काठमाडौँ स्थित उच्च अदालतमा श्रीमानआशिषले सम्बन्ध बिच्छेदको मुद्धा हालेकाले उनी सुनाउँछिन् ।

दुईवटा सन्तान नै गुमाउनुपरेपछि आफु झनै कमजोरी भएको श्रीमानबाट पनि घरेलु हिंसामा परेका कारण समस्या रहेको छ । श्रीमान आशिषले उनका ठूलोबुवाका छोराको फेसबुक एकाउन्टबाट जथाभावी गालीगलौजका म्यासेज पठाउँने गरेको समेत उनको आरोप छ । आफू अहिले शारीरिक यातना मात्रै नभई मानसिक यातनाको समेत शिकार हुन बाध्य भएको महिला बताउछिन । ती युवतीले आफ्नो बेदना सुनाउँदा उनका आँखा भरिएका थिए । जिन्दगीभर सँगै जिउँने र सँगै मर्ने कसम खाएर प्रेम विवाह गरेका उनीहरुबीचको सम्बन्धमा अहिले तिक्तका आएपछि उनी समस्यामा त छिन् नै । न त उनले परिवारबाट गहिरो सहानुभूति पाएकी छिन्, न त श्रीमानले उनलाई स्वीकार्न नै चाहेका छन् । यता, भने थुप्रै घरेलु हिंसामा परेका महिलाहरु रहेको भएपनि खुलेर कुरा राख्न नसक्ने तर्क गरिन् । उनले भनिन्, ‘यो केसमा श्रीमानबाट ज्यादै अपहेलित भएर बसेकी ती युवती समस्यामा छिन्, हामीले मिलाउँने प्रयास गरिरहेको महिला सन्जाल इटहरीका अध्यक्ष बिमला ढकाल बताउनु हुन्छ।

उनले फेसबुक, ह्वाटसप लगायत सामाजिक सञ्जालमा युवतीकी जेठाजु बिजय प्याकुरेलले तल्लो स्तरका गालीगलौजहरु गरेको बताउँदै भनिन्, ‘ती शब्दहरु त हेर्नै नसक्ने स्थिति छ, श्रीमानबाटै धेरैजसो महिलाहरु पीडित छन् ।’ यो आर्थिक बर्षमा मात्रै इटहरीमा ३० वटा भन्दा बढी घरेलु हिंसाका मुद्धा आएको र त्यसमध्ये ९ वटा अदालतमा गएको उनले बताईन् । ती युवतीको समस्यामा अहिले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक बिनोद शर्माले समन्वय गरेको र पीडितलाई न्याय दिलाउने तर्फ काम भैरहेको अध्यक्ष ढकालले बताईन् ।

प्रतिक्रिया दिनुहोस