• २०८१ पुष २९ गते सोमवार

जोरबिजोर प्रणाली लागु:  आज जोर नम्बरका सवारी चलाउन पाईने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २२,काठमाडौं । काठमाडौं उपत्यका र दुईसय भन्दा बढी संक्रमित भएको जिल्लामा यातायातमा जोर बिजोर प्रणाली लागु गरिएको हो । बिहिबारबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको हो। आज साउन २२ गते । गतेको आधारमा आज जोर नम्बरका सवारी मात्र चल्न पाउने गृह मन्त्रालयले जनाएको छ ।अत्यावश्यक सेवाका सवारी साधानहरुमा जोर बिजोर लागु हुँदैन ।

सरकारी सवारी साधन, स्वास्थ्य क्षेत्रका सवारी, खाद्यान्न ढुवानी, दुध, खानेपानी तथा तरकारी ढुवानीमा प्रयोग हुने सवारीमा जोर बिजोर लागु हुँदैन ।जोर बिजोरको नियम पूर्ण रुपमा पालना गरिदिन ट्राफिक प्रहरी महाशाखाले आग्रह गरेको छ । कोभिड संक्रमणको जोखिम बढ्दै गएको भन्दै ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भिम प्रसाद ढकालले जोर–बिजोर प्रणालीमा भनसुन नलाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस