श्रावण २२,कैलाली । भजनि त्रिशक्ति नगरपालिकाका बाढी प्रभावितलाई लर्ड बुद्ध युवा क्लबमा आबद्ध सदस्यहरुले नगरपालिका मै गएर राहत वितरण गरेका छन् । साउन १४ गते आएको अभिरल बर्षा पछिको बाढीले भजनि त्रिशक्ति नगरपालिकाका अधिकांश घरहरु विस्थापित हुनु परेको थियो ।
उक्त नगरपालिकाका भित्र रहेका बाढी पिडितलाई, विपन्न, गरिब नगरबासीका लागि राहत स्वरुप यहि साउन २१ गते १ बोरा भुजा ६ पेटी चाउचाउ नगरपालिकालाइ हस्तान्तरण गरेको लर्ड बुद्ध युवा क्लबका संस्थापक अध्यक्ष दिपित दिप ज्योतिले जानकारी गराए । सहर केन्द्रित ठाउँहरुमा मात्र नभई प्रदेशका प्रत्येक जिल्ला भित्र नै यस लर्ड बुद्ध युवा क्लबलाई सक्रिय रुपमा अगाडि बढाउन प्रयासमा सम्पुर्ण सदस्य लागि परेको सो क्लबका वर्तमान अध्यक्ष विशाल रैकाले बताउनुभयो ।