श्रावण २२, सुनसरी । धरानमा बुधवार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान ८ प्रीति भल्भ एन्ड फिटिङ्स इन्डस्ट्री प्रा.ली.मा कार्यरत धरान १३ का कोरोना संक्रमित युवाको कनट्र्याक्ट ट्रेसिङको क्रममा बुधबार पनि थप १२ जनामा कोरोना सङ्क्रमण देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताउनु भयो ।
१२ जना मध्ये ५ जना एकै परिवारको रहेका छन । उनिहरु धरान ३ को रहेको मेहताले बताउनु भयो । मेहेताका अनुसार धरान ३ का एउटै परिवारका ५ जना ८५ वर्षीय पुरुष, ८० वर्षीय महिला, ४० वर्षीय पुरुष, ३६ वर्षीय महिला र ७ वर्षीय बालक रहेका छन् । यसै गरी धरान २ का २२ वर्षीय महिला एन्फा क्वारेनटाइनमा बसेकामा कोरोना देखिएको र उनी भारतबाट आएका हुन् । धरान ११ का ३५ वर्षीय पुरुष भारतीय आर्मी, धरान १५ का ३४ वर्षीय पुरुष भारतीय आर्मी, धरान १८ का ४० वर्षीय महिला, धरान १७ का २८ र २६ वर्षीय पुरुष पनि भारतीय आर्मी भएको र उनीहरूको साथी धरान १९ का ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।
यसरी गरी १२ जनामा कोरोना सङ्क्रमण देखिएकोमा ६ जना समुदायका रहेका छन् भने बाँकी बाहिरबाट आएका र क्वारेनटाइनमा बसेका रहेका छन् । यो रिपोर्ट आएपछी कोरोना अब समुदायमा फैलिएको धरान उपमहनगरपालिकाले पुष्टि गरेको छ ।