• २०८१ जेष्ठ ५ गते शनिवार

सरकारको स्वस्थ आलोचना गर्दैमा पार्टी बिरोधी भइदैन

निर्मला बिक पढ्न लाग्ने समय : १ मिनेट

सरकारको स्वस्थ आलोचना गर्दैमा पार्टी बिरोधी भैइदैन उहिले उहिले बाजेका पुस्तामा राणा शासन थियो । धेरै जसो नागरिक अधिकारहरु कुन्ठीत थिए। बाका पालासम्म आइपुग्दा पन्चायत र बहुदल थियो । त्यहा पनि जनता र जनमतको खासै अर्थपुर्ण सहभागिता थिएन ।

अहिले लोकतन्त्र र गणतन्त्र छ । अभिव्यक्ति स्वतन्त्रताको अधिकार सबिधानमै सुरक्षित छ। एउटा नागरिकको काम कुनै दल बिसेसलाई मत दिनु मात्र हो र के सरकार बनाउनलाई रु कि जननिर्वाचित सरकार हुनुको अर्थ आफै सर्बेसर्बा हुनु हो रु भोट हाल्दा पार्टीलाई हाल्ने अहिले प्रसङ्सालाई भक्ती र आलोचनालाई पार्टीको बिरोधि किन भन्ने ? सरकार पार्टीको हुने सरकारको आलोचना गर्दा पार्टीको आलोचना हुने होइन र ? जसरी दुई तिहाई जनताले मत दिएर जिताएका हुन त्यसरी नै दुइ तिहाइ जनतासङ्ग खुलेर आलोचना र प्रससा गर्ने अधिकार सुरक्षित छ। यहि हो हामीले अभ्यास गरी स्थापित गर्न खोजेको खास लोकतन्त्र । के जसले जे गर्दा पनि टुलुटुलु हेरेर बस्ने?

लोकतान्त्रिक ब्यबस्थामा कहिले कसैको सरकार होला कहिले कसैको । कि आम नागरिकमाथी अन्याय हुँदा पनि कानमा तेल हालेर बस्ने ? नागरिकको हैसियतले आफुले चुनी पठाएको सरकारसङ्ग सिधा सिधा प्रश्न गर्न सक्ने सक्षम नागरिक बनाउने राज्यको दायित्व होइन र ? त्यसैले अन्यायको स्वस्थ आलोचना र न्यायसंगत कामको स्वस्थ प्रससा गर्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस