असार २२, बाँके । बाँके ५ नम्बर ब्यूरोको टोलीले बुटवलबाट ठूलो मात्रामा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोका इन्चार्ज प्रमोद क्षेत्रीको टोलीले बुटवलबाट साढे २२ किलो चरेशसहित गुल्मीका मेघराज गिरी र पूर्वी रुकुमका रतिमान दमाईलाई पक्राउ गरेको हो ।
ब्यूरोको टोलीले दुई दिनअघि बाँकेबाट पाटे बाघको छाला र हड्डीसहित एकजनालाई पक्राउ गरेको थियो ।