असार २२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज थप १८० जना संक्रमित थपिएका छन् । योसगैं नेपालमा कुल कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।
मन्त्रालयका अनुसार आज थप भएका मध्ये काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका २० गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका अनुसार कोरोना निको हुनेहरु आज २६४ जना थपिएका छन् । हालसम्म ६ हजार ८११ जना निको भएका छन् । कूल संक्रमितको ४२ प्रतिशत निको भएका छन् ।