• २०८१ साउन ८ गते मङ्गलवार

सुनवलमा मध्यान्ह १२ बजेसम्म अत्यावश्यक पसल व्यवसाय संचालन गर्न दिने

विमल भट्टराई पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा दैनिक मध्यान्ह १२ बजे सम्म अत्यावश्यक पसल व्यवसाय संचालन गर्न दिने जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको निणर्यलाई मध्येनजर गरि सुनवल नगरपालिका, स्थानिय बिपद् व्यवस्थापन समितिको बैैठकले सोको कार्यान्वयनका लागि जोड दिएको छ ।

नगरप्रमुख भिमबहादुर थापाको अध्यक्षतामा सम्पन्न स्थानिय बिपद् व्यवस्थापन समितिको बैैठकले नगरभित्र अत्यावश्यक सामाग्री आपुर्तिको लागि पसलहरु लगायत व्युटि पार्लर, हेयर कटिगं, होटल तथा रेष्टुरेन्ट, जिमखाना, शैक्षिक संस्था जस्ता समाजिक दुरी कायम हुन नसक्ने संघ सस्था एवं पेसा वा व्यवसाय अर्को व्यवस्था नभए सम्मका लागि बन्द रहने र यस बाहेक अन्य पेसा व्यवसायहरु मास्क, सेनिटाईजर लगायतका सामाग्रीहरुको प्रयोग गरि सामाजिक दुरी कायम गरि प्रत्येक दिन बिहान देखि दिउसो १२ बजे सम्म मात्र खुला गर्न सकिने निणर्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस