• २०८० फाल्गुन १० गते बिहिवार

सातवटै प्रदेशमा रासायनीक मल उत्पादन कारखाना खोलाैं : सांसद चौधरी (भिडीयो सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २४, काठमाडौँ । नेकपा सांसद गंगा चौधरी सत्गौवाले किसानका लागि मल विउको समस्या भएपनि सरकारले व्यवस्था गर्न नसकेको बताएकी छिन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सात वटै प्रदेशमा एक–एक वटा रासायनीक मल उत्पादन कारखाना स्थापना गर्न आग्रह गर्दै उनले भनिन्, ‘केन्द्रीय स्तरमा यूरिया डिएपी उत्पादन गर्नुपर्ने अवस्था छ ।

प्रत्येक प्रदेशमा एउटा मल कारखाना स्थापना गर्न आवश्यक छ । देशमा १५र२० लाख यूवा स्वदेश फर्कदैछन् । उनीहरुलाई रोजगारीको व्यवस्था गर्नुपर्ने अवस्था छ । नेपाली कृषि उपजको बजारीकरणको समस्या रहेको छ ।’ सांसद चौधरीले थारु समुदाय सिकलसेल एनिमिया रोगबाट ग्रसित हुनुपर्ने अवस्था रहेको बताउदै सरकारले यसवर्षको बजेटमा केही नपाउँदा दुःख लागेको उल्लेख गरिन् । साथै पर्यटक भित्राउनका लागि थारु समुदायको सस्कृति, कला, नाँचगानको संरक्षणका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस