• २०८१ साउन ८ गते मङ्गलवार

जनमोर्चा दाङले एमसिसि सम्झौताकाे विरुद्ध प्रदर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, दाङ । दाङमा कृयाशिल पाच राजनैतिक दलहरुले बिरोध कार्यक्रम सम्पन्न गरेका छ्न । बिरोध सभामा बोल्ने बक्ताहरुले एमसिसि सम्झौता लागू भएमा देशको राष्ट्रियता, अखण्डता र स्वाधीनता कमजोर हुने तथा देशको असङ्लङ्न परराष्ट नितिको समेत धज्जी उड्ने हुँदा कुनैपनी सर्तमा एमसिसि सम्झौता संसदबाट अनुमोदन हुन नहुने बताउदैं त्यो सम्झौता खारेज हुनु पर्ने कुरामा जोड दिए ।

बिदास्पद एमसिसी सम्झौताको बिरोध भइरहेको बेला सरकारले आगामी बजेटमा उक्त सम्झौताको योजना समेत अगाडी बढाएको हुँदा यसको बिरोध भएको हो । कार्यक्रममा नेकपा मसालका जिल्ला प्रबक्ता भरत भण्डारी, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य समीर के सि, नेकपा मालेका जिल्ला सचिब नेत्रप्रकास पान्डे, देशभक्त जनगणतान्त्रिक मोचाका जिल्ला अध्यक्ष नरेन्द्र बन्जाडे लगायतले मन्तव्य राख्नु भएको थियोे ।

कार्यक्रमको सहजीकरण राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सुशील पोख्रेलले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस