• २०८२ जेष्ठ ३ गते शुक्रवार

करेन्ट लागेर एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर-५ स्थित ललिया पूर्वारी टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

खेतमा पानी लगाउन मोटर चलाउने क्रममा ५० बर्षिय चन्देश्वर साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय धनुषाधामले जानकारी दिएको छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस