वैशाख २४, सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–२ मा अवैध १७ लाख ९० हजार नेपाली रुपैयाँ र ४ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । भारतबाट नेपाल प्रवेश गरेको बीआर ३० बीए २४५८ नम्बरको धान ल्याएको ट्रकलाई भन्सार चेक पोष्टमा खटिएका सशस्त्र प्रहरीले जाँच्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको हो ।
पक्राउ पर्नेमा सवारी चालक ४२ वर्षीय रामललित मण्डल र सह–चालक ३३ वर्षको निरजकुमार मण्डल छन् । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रविणकुमार श्रेष्ठका अनुसार ट्रकमा उनीहरुले धान ल्याएका थिए । थप अनुसन्धान भइरहेको छ ।
हिजै मात्र एकीकृत भन्सार जाँच चौकी विराटनगरमा जाँचका क्रममा अबैध करोडौं भारतिय रूपैंया सहित २ जना पक्राउ गरेको थियो ।