• २०८० असोज ११ गते बिहिवार

नेकपाको स्थायी कमिटी बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २४, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । सरकार नीति, कार्यक्रम र बजेटमा केन्द्रित हुनु पर्ने भएकाले नेकपा स्थायी कमिटीको बैठक स्थगित स्रोतले बताएको छ ।

त्यस्तै बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २० गतेको निर्णय अनुसार सहमतिको प्रस्ताव तयार गर्न नसकेको जानकारी नेताहरुलाई गराएका छन् । त्यस्तै बैठकको कार्यसूची वा बैठकबारे नै के गर्ने भन्ने निर्णय दुई अध्यक्षले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

शनिबार बसेको सचिवालय बैठकले २५ गते स्थायी कमिटीको बैठक बोलाइए पनि सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकको प्रस्ताव तयार पार्न नभ्याएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस