• २०८२ जेष्ठ ४ गते शनिवार

नेकपा सचिवालय बैठक आज दिउँसो तीन बजे बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २४, काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । सचिवालय बैठक आज दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बिहीबार बस्ने स्थायी कमिटीको बैठकका एजेण्डा तय गर्न बैठक बस्न लागेको हो । सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले तयार पारेको सहमतिको प्रस्तावमाथि छलफल गर्ने तयारी छ । यसअघि गएको शनिबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको प्रस्ताव तयार पार्ने जिम्मा प्रचण्ड र महासचिव पौडेललाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस