बैशाख २४, काठमाडौं । आज दिउँसो देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशभर आंशिक बदली रहनेछ। पश्चिमी तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। महाशाखाले आवश्यक सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा बंगालको खाडी समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ। जसका प्रभावले हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भु-भागमा सामान्य बदली र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।