चैत २४, काठमाडौँ । आज बसेको मन्त्रिपरिषद बैठकले सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका मन्त्रीहरुलाई थप जिम्मेवारी दिएको छ । जिम्मेवारी प्रदान भएका मन्त्रीहरुले आफ्नो जिम्मेवारी अनुसारको समन्वय गर्नुपर्नेछ । सरकारका प्रवक्ता एवम् अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।
१. सरकारले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङलाई प्रदेश नम्बर १,
२. भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई गण्डकी प्रदेश,
३. वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलाई कर्णाली प्रदेश,
४. उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनलाई प्रदेश नम्बर ५,
५. श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राययादवलाई प्रदेश नम्बर २
६. खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलाई सुदूरपश्चिम प्रदेश
७. कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फेलाई संसदमा भएका राजनीतिक दलहरुसँग निरन्तर सम्बाद र समन्वय गर्ने,
८. महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई महिला, बालबालिक र जेष्ठ नागरिकहरुको अवस्थाको विषयमा जानकारी लिन र समन्वयगर्ने,
९. युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई स्वयम सेवक व्यवस्थापन गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।