• २०८० फाल्गुन १० गते बिहिवार

लकडाउन : वैशाख ३ गतेसम्म थप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, काठमाडौँ । दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

कोभिड १९ कोरोना भाइरस संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता ९चैत २५ सम्म लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो । म‌ंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस