१.
मुस्किलले पाइन्छ भात,रोटो खान्छ्यौ भने लान्छु ।
बर्गरपिजा हुदैन त्यहाँ,आटो खान्छ्यौ भने लान्छु।।
सफा सुग्घर कमै हुन्छ,शहर जस्तो देखिदैन गाउँ,
मुख छोप्दै गाउँघरको,माटो खान्छ्यौ भने लान्छु ।।
२.
सक्छौ भने भिटामिनको, धेरै झोल पठाउ है ?
ए ! सरकार यो गाउँमा, सिटामोल पठाउ है ??
अशिक्षा र अन्धकार छ, गोरेटोको कुरै छोडौं,
शिक्षा,स्वास्थ्य,सडकसङ्गै,बत् तीकोपोल पठाउ है ??
३.
मायापनि कस्तो हो खै,सितको त्यो थोपा जस्तै ।
फुट्योकिन एक्कासी नै,पानीको त्यो फोका जस्तै ।।
गरेकै हुँ चोखो माया,कमि केमा देख्यौ कुन्नि ?
हाँस्दा-हाँस्दै रुवाइ गयौ,भयो आज धोका जस्तै ।।
महाराजगन्ज,काठमाडौंं