• २०८१ साउन ८ गते मङ्गलवार

आजको मौसम : केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना सहित वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, काठमाडौं । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा पुर्वी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै राती देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रहने साथै मध्य तथा पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रहि देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी, असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भ-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । देशको मध्य तथा पुर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंसिक बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि देशका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्, हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस