• २०८१ बैशाख १३ गते बिहिवार

१६ वर्षमै छोरीहरुको बिहे गर्न पाउँनुपर्ने माग राख्दै प्रर्दशनमा २ जना प्रहरीको नियन्त्रणमा

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

माघ २३, बाँके । नेपालगन्जको धम्बोझी चोकबाट वडा प्रहरी कार्यालय नेपालगन्जले प्रर्दशनमा उत्रिएका दुई जनालाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बस्नेतले जानकारी दिएका छन् ।

केही समययता नेपालगन्जमा कानुनलाई नै चुनौती दिनेगरी नेपालगन्ज, जानकी र डुडुवाका मधेसी समुदायका अभिभावकहरुले आफ्ना छोरीहरुलाई १६ वर्षमै विहे गराउन पाउँ भन्दै प्रर्दशन गरिरहेका थिए ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका वडा नम्बर ६ का रामदेव मिश्र र डुडुवा गाउँपालिका ३ का फुलमति पाल रहेको वडा प्रहरी प्रमुख बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस