• २०८१ चैत्र २ गते आइतवार

नौ राजनितिक दलले सयुक्त रुपमा विरोधसभा गर्ने

पढ्न लाग्ने समय : २ मिनेट

माघ २३, सुर्खेत । सुर्खेतको विरेन्द्रनगरमा आज नौ राजनितिक दलहरुको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम गरिएको छ । विरेन्द्रनगर स्थित होटेल रारा भिजिट कणालीमा नौ राजनितिक दलद्धारा पत्रकार भेटघाट कार्यक्रम गरिएको हो ।

यहि माघ २४ गते नौ राजनितिक दलहरुद्धारा राष्ट्रिय स्वाधीनताको रक्षाको पक्ष एम सी सी परियोजना सम्झौता खारेजी, कालापानी, लिपुलेख, लिम्पियाधुरा नेपाली भुभाग गाभेर भारतले सार्वजनिक गरेको जालि नक्साको विषयमा नौ राजनितिक दलहरुले माघ २४ गते सयुक्त विरोध सभा गर्ने बताएका छन् । नौ राजनितिक दलहरुद्धारा भोलि देशभर विरोधसभा कार्यक्रम गर्ने बताइएको छ ।

यस्तै माघ २४ गते हुने एमसिसि, लिपुलेख, लिम्पियाधुरा, कालापानिको नेपाली भुभाग गाभेर सार्वजनिक गरेको जाली नक्साको विरोधमा सुर्खेतको विरेन्द्रनगरमा आयोजना गरिने सयुक्त विरोध सभाको तयारिको काम गरिरहेका बेला ने क पा क्रान्तिकारी माओवादिको प्रदेश कार्यलयमा जवरर्जस्ति कार्यलयभित्र पसेर नेता कार्यकताहरुलाई प्रहरिले गिरफतार गरि नियन्तण लिएकोमा पत्रकार सम्मेलनमात्र सयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारि गरेका छन ।

पक्राउ पर्नेमा ने क पा क्रान्तिकारि माओवादी पार्टिका पोलिटव्युरो सदस्य एबंम कणाली प्रदेश इन्चार्ज चक्रपाणि शर्मा,केन्द्रिय सदस्य दिपक बहादुर शाही,सुर्खेत जिल्ला सचिब श्याम कार्कि, प्रदेश सदस्यहरु पुर्ण पौडेल,ललित सुनार,संजिब शाहि रहेका थिय । नियन्तणमा लिएको एक घण्टापछि गलत सुचनाका कारण यस्तो भएको भन्दै रिहा गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तो गिरफतार गरि नियन्तणमा लिएको घटनाले सरकार र प्रहरीको फासिवादी चरित्र उजागर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ अन्धाधुन्ध र गैरकानुनी ढङगले प्रहरी प्रशासनले गरेको यो धरपकडको घोर निन्दा गरिएको छ र यो धरकपडको निन्दा गर्दै आगामि दिनहरुमा यस्ता गतिविधिहरु नदोहोरुयाउन समेत कडा चेतावनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस