• २०८१ मङ्सिर २३ गते आइतवार

घोडाघोडी क्षेत्रमा पार्किंग स्थललाई व्यवस्थित बनाउनु पर्ने भन्दै सरोकारवालहरु विच छलफल

पढ्न लाग्ने समय : १ मिनेट

पौष २१, कैलाली ।कैलालीको घोडाघोडीमा रहेको पार्किङ् क्षेत्रलाई अझै व्यवस्थित बनाउनु पर्ने भन्दै सोमबार सरोकारवालहरु विच छलफल गोष्ठी सम्पन्न भएको छ । टेङ्गनुवा महिला सामुदायिक वनको स्वामित्वमा रहेको उक्त पार्किङ् क्षेत्रलाई व्यवस्थित बनाउनका लागि छलफल गोष्ठीको आयोजना गरिएको टेङ्गनुवामहिला सामुदायिक वनकी अध्यक्ष मैना ढकाल ले बताइन ।

छलफल गोष्ठीका क्रममा आएका राम्रा सुझाव हरुलाइ पार्किङ् स्थल व्यवस्थित बनाउन नगरपालिकाले बनाउन लागेको आफ्नो कार्य्बिधिमा समेटेर अगाढी बढाउने घोडाघोडी नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले बताएका छन् । पार्किङ्ग क्षेत्रमा रहेका शौचालयलाइ व्यवस्थीत बनाउने, पार्किङ्ग स्थलमा पार्किङ्ग गरेबाफत शुल्क उठाउने र उठेको शुल्कबाट पार्किंग क्षेत्रमा खटिने कर्मचारिको तलब सगै पार्किङ्ग स्थल रहेको वनलाइ समेत फाइदापुग्ने कार्य मा उक्त रकम खर्च गरिने घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिंहले बताए ।

टेङ्गनुवामहिला सामुदायिक वन उपभोक्ता समुहको पहलमा उक्त छलफल गोष्ठी भएको हो भने,गत असाढ महिनामाप्रदेश सरकारको रु.२० लाख रुपैया लागयतमा उक्त क्षेत्रमा पार्किङ्ग स्थल निर्माण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस