• २०८१ बैशाख १३ गते बिहिवार

‘विद्युतीय धराप थापेर मान्छे मार्ने प्राधिकरणको लापरबाही बढ्दै

पढ्न लाग्ने समय : २ मिनेट
  • राम बहादुर बिश्वकर्मा 

पौष २१, प्युठान ।  विद्युत प्राधिकरणको लापबाहीले प्युठानको नौबहिनी गाउँपालिका-२ लिघा कि एक जना विद्यार्थीको अकालमा ज्यान गएको छ । नेपाल राष्ट्रिय प्राबी स्थित फाउने पोखरीमा कक्षा ४ मा अध्ययनरत १२ वर्षीय सन्चिता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

नेपाल प्राधिकरणले गाउँमा बिद्धुत बिस्तार का लागि यत्रतत्र राखिएका फलामका पोलहरुमा खेल्दै गर्दा पोलले च्यापिए पछि प्राधिकरणको लापरबाही सार्वजनिक भएको हो । आगामी दिनमा पनि यस्तो समस्या हुदैन् भन्न सकिन्न त्यसैले जति सक्दो चाँडो बिबारिसे बनेका ति पोल हटाई लाइन सुदृढीकरण गर्नुपर्ने हुन्छ तर यसप्रति प्राधिकरणको चासो छैन् । प्युठान वितरण केन्द्रलाई लाइन सुदुढीकरण गर्न र भाच्चिएका पोल फेर्न बारम्बार निवेदन दिँदा पनि चासो नदेखाउने सेवाग्राहिको भनाई छ। काठका पोल जिर्ण हुँदासमेत बजेट अभावका कारण फलाम वा सिमेन्टका पोल हाल्न नसकेको बताइन्छ । जिर्ण काठका पोल फेर्नका लागि सिमेन्ट वा फलामका पोल माग्न जाँदा प्राधिकरणले निकै लामो समय पछि पोल उपलब्ध गराएको पाइन्छ। प्राधिकरणले पोल उपलब्ध गराए पनि गाड्न सहयोग नगर्ने, स्थानीय आफैंले गर्नुपर्ने बाध्यता छ ।

वितरण लाइन झुल्ने, चुँडिने, ट्रान्सफर्मर पड्किने लगायत समस्या समाधान गर्ने भन्दै दैनिक बिजुली काट्ने गरिएको छ । तर, दिगो काम भएको छैन् । बिजुली जस्तो संवेदनशील विषयमा निकै लापरबाही बढेको छ । हावा–हुरी आउँदा काठको पोल ढल्ने हुँदा विद्युत विच्छेद हुने र चाहिँदा विद्युत उपलब्ध हुने गरेको छैन । नत स्थानीय सरकारको ध्यान छ नत केन्द्र सरकारको यसतर्फ कुनै चासो छैन । खम्बा ढल्न लागेपछि तार भुइँमा लत्रिएका छन् । कहीँ काठ मक्किएर बीचमा ठनक्कै भाँचिएका छन् । खम्बा अड्याउन सहायताका लागि राखिएको तार विद्युत प्रसारणको तारसँग जुधेर करेन्ट लाग्ने, जनधनको क्षती हुने समस्या उत्तिकै छ यस्ता जतिसुकै समस्या रहेता पनि विद्युत प्राधिकरणले चासो देखाएको स्थानीयको गुनासो छ।

प्रतिक्रिया दिनुहोस