• २०८१ फाल्गुन ५ गते सोमवार

बलात्कार गर्ने दुई जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २१ सिरहा । सिरहामा एक युवतीलाई बलात्कार गर्ने दुई जनालाई प्रहरीले पक्राऊ गरेको छ ।

आइतबार राति गोलबजार नगरपालिका-६ मा घरबाट गोलबजार आइपुग्दा अबेर भएको र मोबाइल पनि ‘अफ’ भएकाले मोबाइल चार्ज गर्न गोलबजार-६ स्थित मनकामना हेयर कटिङ सैलुनमा पुगेकी युवतीलाई उक्त सैलुनमा पहिलादेखि नै रहेका धनगढीमाई नगरपालिका-८, बहुवाडाँडाका सुरेशकुमार यादव र गोलबजार-२ गुरुधामका सन्तोष महतोले ‘मेरो डेरामा चार्जर छ, त्यहीँ गएर मोबाइल चार्ज गरौँ’ भन्दै डेरामा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

मोवाइल चार्ज गर्न दिएको एक घण्टाभन्दा बढी समय भइसक्दा पनि मोवाईल नदिएपछि मोबाईल लिन उनीहरुको डेराभित्र पसेकी युवतीलाई उनीहरु दुवैले ढोकाको चुक्कुल लगाएर करणी गरेको इलाका प्रहरीले जनाएको छ ।

घटनापछि सडक पेटीमा आएर पीडित युवती रोएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । तत्काल पुगेका प्रहरीले युवतीलाई उद्धार गर्नासाथ सन्तोषको डेरामा पुगेर दुवैलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले पक्राउ परेका युवकहरु र युवतीको समेत स्वास्थ्य परीक्षण गरिएको जनाएको छ । स्थानीयले भने घटनामा अन्यको पनि संलग्नता हुन सक्ने आशंका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस