कार्तिक २०, काठमाडौँ। नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्तालाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलको टोलीले काठमाडौँको पुलतीसडकबाट दुवैजनालाई पक्राउ गरी नेपाल प्रहरीमा बुझाएको छ ।
पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीले विप्लव समूहका नेता(कार्यकर्ताविरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ ।