असोज १९, काठमाडौँ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सयले घटेर प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९३ हजार ६ सय कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।