• २०८१ फाल्गुन ७ गते बुधवार

थप १०४१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४५ हजार नाग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २०, काठमाडौँ । थप १ हजार ४१ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४५ हजार २ सय ७७ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.जागेश्वर गौतमका अनुसार १२ हजार ४ सय ७३ जनामा नमुना परीक्षण गर्दा १ हजार ४१ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १ हजार ५ सय ६६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २७ हजार १ सय २७ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ सय ८० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस