भाद्र २०, पाँचथर । सशस्त्र प्रहरीले भारतसँग सिमाना जोडिएका पाँचथरका दुई स्थानमा बोर्डर आउट पोष्ट बीओपी स्थापना गरेको छ । याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङ र फालेलुङ गाउँपालिकाको सुर्केथाममा स्थापना गरिएको हो । चिवाभञ्ज्याङ बीओपीको बिहीबार प्रदेश सांसद सिता थेवे र सशस्त्र प्रहरी बल १ नं प्रदेश प्रमुख डिआईजी बंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । शुक्रबार सुर्केथामको उद्घाटन गर्ने कार्यक्रम भएपनि मौषमका कारण स्थगित भएको छ ।
सशस्त्र प्रहरी बल पाँचथरका डीएसपी किशोरकुमार श्रेष्ठका अनुसार दुवै स्थानमा प्रहरी नायव निरीक्षक ९सई०को नेतृत्वमा बीओपी राखिएको छ । एउटा बीओपीमा ३५ जना हुन्छन् । चिवाभञ्ज्याङमा नेपाल९भारत सिमानादेखि करिब सय मिटर र सुर्केथाममा पनि सिमाना नजिकै राखिएको छ ।
सशस्त्र प्रहरीका प्रदेश प्रमुख दाहालले १ नं। प्रदेशमा स्वीकृत सबै ठाउँका बीओपी यसै आर्थिक वर्षमा स्थापना भइसक्ने बताए । उनका अनुसार सिमावर्ती २२ स्थापना बीओपी राखिने छ । २२ मध्ये अहिलेसम्म चिवाभञ्ज्याङ, सुर्केथाम, इलामको सूर्योदय नगरपालिकास्थित समालबुङ र रोङ गाउँपालिकाको सलकपुरमा बीओपी स्थापना भइसकेको छ ।