• २०८१ चैत्र १२ गते बुधवार

कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिका बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २०, काठमाडौं । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने नगरपालिकाले जनाएको छ । टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना संक्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो । कर्मचारीलाई सङ्क्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिए ।

कार्यालय बन्द रहे पनि कोरोना नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी कामहरु निरन्तर रुपमा सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले बताए । टोखामा शुक्रबारसम्म २५७ कोरोना संक्रमित देखिएका छन् । जसमध्ये ९४ जना डिस्चार्ज र १६० जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १०९ जना होम आइसोलेसनमा र ४८ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । होम आइसोलेसनमा बसेर कोरोना उपचार गराइरहेका विरामीलाई दैनिक ३५० रुपैयाँ भत्तासमेत प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस