भदौ २०, सिरहा । ट्याक्टरमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।सिरहा प्रहरीका अनुसार शुक्रबार राति ८ बजेतिर सिरहा चौहर्वा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका ५ मा बिग्रिएर रोकिराखेको ज १ त ४३२९ नम्बरको ट्याक्टरमा चौहर्वाबाट सिरहातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा सिरहा नगरपालिका ५ बस्ने बिसनदेव महतोका १९ वर्षीय छोरा अमलेश महतो र रामवृक्ष सदाका २१ वर्षीय छोरा सुनिल सदा छन् ।मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका रामवृक्ष सदाका १९ वर्षीय छोरा मिथिलेश सदा गम्भीर घाइते भएका छन् ।